
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्।
उक्त प्रयोजनका लागि प्रदेश सभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो। बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।