Skip This
स्थानीय तहले बजार अनुगमन गरे पनि कार्यान्वयनको अधिकार छैन : सुनीता डंगोल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १५:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहले बजार अनुगमन गरे पनि कार्यान्वयनको अधिकार छैन : सुनीता डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १५:२३:oo

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार नभएको बताएकी छिन्। 

बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन्। 

उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनुपर्ने बताइन्। उनले काठमाडौं महानगरले आफ्नो काम, कर्तव्य, अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखी तीव्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन्।

स्थानीय तहलाई कार्यान्वयन गर्न कानुन नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्या झेल्नुपरेको उनको गुनासो थियो।  डंगोलले तीनै तहमा सहकार्य र समन्वय गरेर सहअस्तित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम, कर्तव्यहरू दोहोरो रहेको बताइन्। 

उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न दोहोरो काम र कर्तव्यलाई नीतिगत रूपमा नै सुधार गर्नुपर्ने आजको आवश्यकता रहेको उनकाे भनाइ थियाे।