Skip This
ad
अव्यवस्थित तार काट्दै काठमाडौं महानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अव्यवस्थित तार काट्दै काठमाडौं महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:३७:oo

सार्वजनिकस्थलमा सवारीसाधन पार्किङ निषेध, अव्यवस्थित होर्डिङ बोर्डको व्यवस्थापनपछि अब काठमाडौं महानगरपालिका अव्यवस्थित तार व्यवस्थापनतर्फ लागेको छ । सुरुवातमा महानगरले मुख्य सडक र सम्पदा क्षेत्रमा रहेका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्न लागेको हो ।

महानगरका अनुसार पहिलो चरणमा पर्यटकीय क्षेत्र ठमेलको अव्यवस्थित तार काटेर व्यवस्थापन गर्न थालिएको छ । यसपछि कलंकी, नारायणचौर क्षेत्रमा रहेका अव्यवस्थित तार पनि काटिनेछ । ‘तारका गुजुल्टाका कारण सहर त कुरूप भएकै छ, आगलागीलगायत दुर्घटनाको जोखिम पनि उच्च बनेको छ ।

त्यसैले यसलाई अभियानकै रूपमा सुरु गरिएको हो,’ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने, ‘अहिलेलाई मुख्य सडक र सम्पदा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै छौँ ।’ महानगरका अनुसार इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले बिजुलीको पोलमा राखेका अतिरिक्त तार काट्ने काम हुनेछ । त्यसलाई जोडेर बाँकी रहेका झुप्पा नगर प्रहरीले नै लैजानेछ । 

तार व्यवस्थापनका लागि इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायतसँग महानगरले छलफल गरिसकेको छ । उनीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । 

 १ चैतदेखि तिनकुने क्षेत्रको अव्यवस्थित तार काटिने
महानगरले १ चैतदेखि तिनकुने क्षेत्रको तार काट्ने जनाएको छ । ‘तार व्यवस्थान सुरु भइसकेको छ । ठमेल क्षेत्रबाट उक्त कामको सुरु गरेका छौँ । केबल अपरेटरहरूले तार जोड्ने क्रममा बढी भएको तार त्यही पोलमा झुन्ड्यार छाड्ने गर्छन्, जुन उपत्यकाभर समस्याका रूपमा रहेको छ । त्यसलाई व्यवस्थापन गर्ने काम गरिरहेको छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने । 

 ललितपुरमा यसअघि नै सुरु
यसअघि १८ फागुनदेखि ललितपुर महानगरपालिकाले पनि अव्यवस्थित तार व्यवस्थापन अभियानकै रूपमा चलाएको थियो । अव्यवस्थित तारले सहर नै कुरूप देखिएको, दुर्घटना बढेको कारण महानगरले अभियानकै रूपमा सुरु गरेको थियो, जसले तीव्रता पाएको छ ।

१७ फागुनमा इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणहरूलगायत सम्बन्धित निकायलाई बोलाएर अव्यवस्थित तार व्यवस्थापनका लागि छलफल गरेको थियो । १७ फागुनमा भएको छलफलमा मेयर चिरिबाबु महर्जनले १० दिनभित्र सम्पदा क्षेत्रमा भएका तार व्यवस्थित गर्न निर्देशनसमेत दिएका थिए । महानगरले अव्यवस्थित तार व्यवस्थापनका लागि यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । 

ad
ad