
दैलेखको रानीवान केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेटमा दैलेखको रानीवान केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। स्थानीयले भूकम्पको धक्का महसुस गरे पनि क्षतिको विवरण आएको छैन।
यसअघि २१ फागुनमा अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुईवटा भूकम्प गएको थियो। रासस