१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४२:oo

उदयपुरको रौतामाई गाउँपालिका–८ पाटाखोलामा आगोलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।  सोही स्थानका रामबहादुर मगरको घरमा विद्युत सटभई आगालागी हुँदा उनकै ६ वर्षे छोरी जस्मिन मगर र दुई वर्षे छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको ढु‌ंगा माटोले बनेको टिनको छाना भएको  दुई तले घरमा बिद्युत सर्टभई अचानक आगलागी भएको थियो । उनले भने, ‘घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तनसमेत जलेको छ, अचानक आगलागी हुँदा भाग्न नसकेर बालबालिकाको मृत्यु भएको हो । 
 

ad
ad