१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर साह र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेट

चीनमा काठमाडौंका सम्पदाको निर्माण शैली प्रवर्धन गर्ने चाहना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १६:२५:००

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ प्रमुख साहको कार्यकक्ष पुगेका थिए ।

भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख साहले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रवर्द्धन गर्न चाहेको बताएका थिए ।  ‘काठमाडौंसँग चीनका सातवटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ,’ भेटमा साहले भनेका थिए ।

भेटका क्रममा राजदूत सङले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । कुराकानीमा विद्युतीय सवारीसाधनको प्रयोग, विद्युतीय सवारीसाधन सञ्चालनका लागि चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।