आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध कमजोर सुरुवात गरेको नेपालले दुई सय रन पूरा गरेको छ।
भीम सार्कीले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ७० रनको सुदृढ इनिङ खेले। ६८ रनमा पाँच विकेट गुमिसकेको अवस्थामा उनले सन्दीप लामिछानेसँग ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
ताजा अवस्थामा नेपालले ४८ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १५ रन बनाएको छ।