Skip This
ad
नेपालको १५० रन पूरा, भीमले बनाए पहिलो अर्धशतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालको १५० रन पूरा, भीमले बनाए पहिलो अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:३२:oo

आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध कमजोर सुरुवात गरेको नेपालले एक सय ५० रन पूरा गरेको छ। 

यसबीच भीम सार्कीले करिअरको पहिलो अर्धशतक पूरा गरेका छन्। अहिले क्रिजमा भीम र आरिफशेख खेलिरहेका छन्। 

ताजा अवस्थामा नेपालले ४० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६० रन बनाएको छ। 

लगातार पाँच विकेट गुमाएपछि ब्याटिङमा संघर्ष गरिरहेको नेपालले भीम सार्की र सन्दीप लामिछानेले अर्धशतकीय साझेदारी गरेपछि नेपालले एक सय रन पूरा गरेको थियो। 

आजको खेलमा पनि सन्दीपले ब्याटिङमा राम्रो भूमिका निभाए। ठूलो इनिङ खेल्न नसके पनि उनले भीमसँग ५२ रनको साझेदारी गरे। उनले ४० बलमा २४ रन बनाए।

ad
ad