मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Wednesday, 02 September, 2026
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २१ आइतबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदै छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १४:२६:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको बताएका छन् । बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरिएको उनको भनाइ छ ।

आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले तीन वर्षअघिको सामान्य भनाइलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु जनयुद्धलाई नै जिस्क्याउनु रहेको प्रस्ट पारे ।

‘तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा हामी सहकार्य गर्न सक्छौँ,’ उनले भने, ‘यस्ता मुद्दामा कार्यगत एकता गरौँ । त्यसो हुन सके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्न सक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा सहिदहरूको सपना पूरा गर्छ ।’