
आइएमई पेले यस वर्षको होलीमा हुने विभिन्न इभेन्टहरूका लागि टिकट प्रदायकको रूपमा काम गर्ने भएको छ । होलीका लागि विभिन्न इभेन्ट आयोजकहरूसँग आबद्ध भई टिकट प्रदायकको रूपमा रहने आइएमई पेले जनाएको छ ।
अन्नपूर्ण होटेलमा हुने ‘कलरेल्ला’, द मल्ल होटेलमा हुने ‘कलर स्प्ल्यास’ र सिद्धार्थ बुटिक होटेलमा हुने ‘होली फिएस्ता २०२३’को टिकट आइएमई पेबाट काट्न सकिनेछ । यी इभेन्टहरू क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्टले आयोजना गरेका हुन् ।
आइएमई पेबाट यी इभेन्टको टिकट खरिद गर्दा डोर सेल्सको मूल्यभन्दा कम मूल्यमा पाउन सकिने बताइएको छ । टिकट खरिद अप्सन आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध गराइएको छ ।
ग्राहकवर्गलाई आफ्ना मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको आइएमई पेले जनाएको छ ।