मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १९ शुक्रबार १५:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राज्यबाट पाउने सेवा–सुविधा नपाएको उपसभामुख रानाको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १९ शुक्रबार १५:३८:००

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।   पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा–सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको भन्दै उनले त्यस्ता गतिविधि सहन नसकिने बताइन् ।

‘पहिला पुरुष उपसभामुख हुँदा आर्मी दिन्थ्यो रे । उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नुपरेको छ,’ उनले भनिन् ।