१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १९ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १९ शुक्रबार १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार अन्त्यका लागि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १९ शुक्रबार १५:१५:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्ने  गरी सहमति गर्नुपर्ने उनले स्पष्ट पारे ।  भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

०४६ सालयताका भ्रष्टहरूमाथि छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्नेमा तिमिल्सिनाको जोड छ । 

‘संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू, पदाधिकारीहरू, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरूबीच एउटा राष्ट्रिय सहमति गरौँ न,’ उनले भने, ‘आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा, चाहे त्यो विमान खरिदमा होस् । नियुक्ति गर्दा होस् । जग्गाका कुरा होलान्, ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौँ ।’