१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:११:oo

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री नारायणकाजी श्रेष्ठले अतिकम विकसित मुलुकहरूका सम्बन्धमा राष्ट्रसंघीय सम्मेलनमा नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार भ्रमण गर्ने भएका छन् । उनी शुक्रबार दोहा जाँदै छन् । 

कार्यक्रम आगामी आइतबारदेखि बुधबारसम्म हुँदै छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रम भए पनि राष्ट्रपति निर्वाचनलगायत कारण उनले उपप्रधानमन्त्री श्रेष्ठलाई पठाउने निर्णय लिएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार अतिकम विकसित मुलुकहरूको समूहका अध्यक्ष मलावीले समन्वय गरेको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस वर्ष नेपालले अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षता लिँदै छ । उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

 

 

ad
ad