Skip This
बुढासुब्बा गोल्डकप : एभिनियरले केएफटिसीको सामना गर्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुढासुब्बा गोल्डकप : एभिनियरले केएफटिसीको सामना गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:४४:oo

२३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा क्यामरुनी फुटबल टोली एभिनियर र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा एभिनियरले एन्फा मोरङलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको छ ।

जितसँगै केएफटिसी र एभिनियरबीच उपाधि भिडन्त हुने भएको छ । केएफटिसीले भारतीय टोली युकेएफसीलाई हराएको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । एभिनियरको जितमा खेलको ४५औँ मिनेटमा डिम्बाले एक गोल गरेका थिए । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती रूपमा पायो ।

मोरङका सुजन चौधरीले ८५औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । खेलमा म्यान अफ दी म्याच एभिनियरका जिन जियोन घोषित हुँदै १० हजार रुपैयाँ जितेका छन् । शारीरिक रूपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गर्न सकेन । 

खेलको २२औँ मिनेटमा मोरङले अग्रता लिने राम्रो अवसर चुकाएको थियो । सागर विकले दिएको पासमा सञ्जय धिमालले सहज गोल अवसर चुकाएका थिए । मोरङका गोलरक्षक प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौँ प्रहार विफल पारेका थिए ।

ad
ad