प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ।
सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन्।
सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै फेरि उठेर विरोध जनाएका छन्। कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ।