Skip This
लुम्बिनी सरकार संकटमा, ६ दलले शुक्रबार एकैपटक समर्थन फिर्ता लिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनी सरकार संकटमा, ६ दलले शुक्रबार एकैपटक समर्थन फिर्ता लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २o:o९:oo

केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएका ६ वटै दलले एकैपटक समर्थन फिर्ता लिने गरी तयारी थालेका छन् । 

सरकारलाई समर्थन फिर्ता लिएका ६ वटा दलसहित केन्द्रको सत्तापक्ष गठबन्धनमा रहेका कांग्रेस र एकीकृत समाजवादी पार्टी गरी आठ दलको बुधबार भालुवाङमा भएको बैठकले एकैपटक समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए । 

‘आज आठ दलको बैठक बस्यो, सरकारलाई समर्थन दिएका दलले एकैपटक समर्थन फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यसपछि आठ दलको संयुक्त सरकार बन्नेछ ।’ 

लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले पनि समर्थन दिएका सबै दलले फिर्ता लिने तयारी गरेको बताए । ‘आज आठवटै दलका नेताको बैठक बसेको थियो । शुक्रबार एकैपटक समर्थन फिर्ता लिने निर्णय गरेका छौँ,’ उनले भने । 

हाल एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री छन् । उनलाई माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र दुई स्वतन्त्र सांसदको समर्थन छ । 

शुक्रबार राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रका शीर्ष नेताहरू देउखुरीको पौवा होटेलमा आउने कार्यक्रम छ । सो कार्यक्रमपछि सामूहिक समर्थन फिर्ता लिने नेताहरूको भनाइ छ । 

समर्थन फिर्तापछि आफ्नो नेतृत्वमा सरकार बनाउने आठ दलको तयारी छ । प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति र राप्रपाका चार–चार, जसपा, जनमत र लोसपाका तीन-तीन, एकीकृत समाजवादीका एक र स्वतन्त्र दुई सांसद छन् । 

ad
ad