१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कुर्सीमा सही तरिकाले बस्न नजान्दा ढाड दुख्ने समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१७:oo

हामीमध्ये धेरैलाई घर वा अफिसको कुर्सीमा कसरी बस्ने भन्ने पनि ज्ञान छैन । जसकारण, मेरुदण्डमा धेरैलाई समस्या देखिने गरेको छ । सामान्य कुरामा ख्याल गरे मात्र पनि यस्ता समस्याबाट मुक्त हुन सकिन्छ । 

काम गर्दा कतिपयको ढल्किने बानी हुन्छ, घोप्टिएर बस्ने बानी हुन्छ, यो गलत हो । कुर्सीमा बसेर पढ्दा वा काम गर्दा गर्दन सीधा हुनुपर्छ । काँध पनि सीधा हुनुपर्छ । माथिल्लो ढाड र तल्लो ढाड ९० डिग्रीमा हुनुपर्छ । कम्प्युटर चलाउँदा शरीरको अगाडि भाग नझुक्ने गरी किबोर्डको उचाइ मिलाउनुुपर्छ । आँखाको भाग सीधा हुने गरी मनिटर राख्नुपर्छ । आई लेभल मनिटरसँग नमिलेमा आँखामा पनि समस्या देखिन सक्छ ।

ढाड दुख्ने कारण 
मेरुदण्डको समस्या/ढाड दुख्नु एक प्रकारको जटिल समस्या मात्रै नभएर अन्य रोगका कारणको रूपमा पनि देखा पर्न सक्छ । हामी मोबाइल, ल्यापटप, कम्प्युटरमा घन्टौँसम्म बिताउँछौँ । त्यसक्रममा हामीमध्ये धेरैले मोबाइल र ल्यापटप घोप्टो परेर हेर्छाैँ । त्यस्तैे, कुर्सीमा बस्ने तरिका थाहा नहुँदा हामीले आफ्नो शरीरलाई बिगारिरहेका हुन्छौँ । गलत तरिकाले बसेर मोबाइल चलाउँदा, ल्यापटप र कम्प्युटरमा काम गर्दा ढाड तथा शरीरमा नै समस्या निम्तिरहने हुन्छ । कुर्सीमा बसेर काम गर्दा शरीरमा कम्मरको भागको मांसपेशीमा बढी लोड पर्न जान्छ । अझ अगाडि झुकेर काम गर्दा झन् बढी पर्न जान्छ । यसले गर्दा मानिसलाई ढाड दुख्ने समस्या सुरु हुन्छ । 

जोखिम : यस्ता सामान्य कुरामा हामीले ध्यान नदिने हो भने शरीरको हड्डी खिइँदै जान्छ । हड्डी खिइएपछि मेरुदण्डमा समस्या देखिन्छ । जसका कारण खुट्टा पोल्ने, दुख्ने, झमझमाउनेलगायत समस्या देखिन सक्छ । बिस्तारै दीर्घकालीन रूपमा नसाको समस्या हुन्छ । 

 ध्यान दिनुपर्ने :  हामीले अफिसमा काम गर्दा कम्तीमा सात–आठ घन्टा कुर्सी र टेबलमै बित्छ । कतिपयले घरमै बसेर पनि काम गरिरहेका हुन्छन् । घर वा कार्यालयमा काम गर्दा कुर्सीमा कसरी बस्ने, कस्तो कुर्सी प्रयोग गर्ने, कुर्सी र टेबलको दूरी कति हुनुपर्ने, कति उचाइको कम्प्युटर टेबल हुनुपर्ने जस्ता विषयमा ध्यान दिनुपर्छ । यदि तपाईंको पहिलेदेखि नै ढाडको समस्या छ भने झन् गाह्रो हुन्छ ।

समस्यालाई सामान्य ठानेर बेवस्ता गर्‍यो भने ढाड दुख्ने समस्या बढ्दै जान्छ । ढाड दुख्ने समस्या छ भने चिकित्सकको सम्पर्कमा जानुपर्छ । सम्बन्धित चिकित्सकको परामर्श नलिँदा ढाड दुख्ने समस्या बढ्दै जान्छ । 

 कुर्सी कस्तो छान्ने ?

  • कम्मरको भागलाई अगाडि धकेल्ने खालको कुर्सी छनोट गर्दा राम्रो हुन्छ । टाउकोसम्म ढल्किन मिल्ने कुर्सी हुनुपर्छ । 
  • कुर्सी पछाडि भाग फुल कभर टाउकोसम्म ढल्किने हुनुपर्छ । यो कुर्सी पनि ९० डिग्रीमा पोजिसन मिलाएर राख्नुपर्छ । ल्यापटप चलाउँदा घोप्टो परेर हेर्नुहुँदैन । 
ad
ad