१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख १८ मंगलबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:२३:oo

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्रा अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ।

हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए।  

विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उनले बताए। ‘आइतबार विद्यालयमा प्रार्थनाको समयमा ६ जना छात्रा बेहोस भएका थिए,’ उनले भने, ‘आज विद्यालय सुरु हुन लाग्दा थप १० छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरूलाई पठाइएको छ।’

रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई संक्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ। 

अस्पतालमा हाल १० छात्रा उपचाररत रहेका र संख्या बढ्दै जान सक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा. मोहम्मद नुरुल होदाले बताए। हिजो आएका तीनजनालाई उपचारपछि घर पठाइएको र आज १० जनाको उपचार भइरहेको उनको भनाइ थियो।

ad
ad