मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अस्पताल प्रमुखको जिम्मेवारी पाएका संजय गुप्ता (बायाँ)
सौरभ यादव राजविराज
२०७९ फाल्गुण १३ शनिबार ०९:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ज्यालादारीमा रहेका मामाका छोरालाई मेयरले दिए अस्पताल प्रमुखको जिम्मेवारी

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ फाल्गुण १३ शनिबार ०९:१५:००

सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको मनोमानी अझै रोकिएको छैन । नगरप्रमुख गुप्ताले आफनो मामाको छोरा डाक्टर संजय गुप्तालाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा गैर कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिएपछि थप बिबाद सिर्जना भएको छ ।

दैनिक ज्यालादारीमा कोभिड अस्पतालमा कार्यरत डाक्टर संजय गुप्तालाई नगरप्रमुख ललन प्रसाद गुप्ताले २०७९ साउन १३ गतेको कार्यपालिकाको बैठकबाट ६ महिनाको लागि करारमा म्याद थप गरेका थिए । तर डाक्टर गुप्ता तीन महिनासम्म अस्पतालमा अनुपस्थित रहे ।

प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादबले हस्ताक्षर गरेको पत्रमा अर्को व्यवस्था नहुन्जेलसम्म कार्यालय प्रमुखको पदमा रहेर कार्य गर्न जिम्मेवारी दिएको बताउँदै प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीले बताए  । ती कर्मचारीले भने,‘डाक्टर गुप्ता ३ महिनासम्म अस्पताल आएनन्,अहिले अचानक नियमकानूनलाई मिचेर कार्यालय प्रमुखको जिम्मेबारी दिइएको छ । ’ 

ति कर्मचारीले भने, ‘निजामति कर्मचारी बाहेकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन नगर कार्यापालिका र अस्पतालको व्यवस्थापन समितिले सम्मपूर्ण जिम्मेवारी लिएपछि मात्रै दिन मिल्छ । तर यहाँ त कुनै प्रक्रिय पु¥याइएको छैन ।’ डाक्टर साहले प्रमुखको जिम्मेबारी पाएको पत्र थमाएपछि शुक्रबार अस्पतालमा एक कार्यक्रम गरि हाजिरी गराइएको थियो ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णा साहले डाक्टर संजयलाई कार्यालय प्रमुखको जिम्मेबारी दिएकोबारे कुनै जानकारी नभएको बताए । उनले भने,‘ नियमअनुसार अहिले डाक्टर संजय कर्मचारी होइनन्, कसरी प्रमुखको जिम्मेवारी दिइयो मलाई जानकारी छैन । भोली कार्यालय खुलेपछि जिम्मेबारी तोक्नेव्यक्तिसँग यसको जवाफ लिन्छु । ’

व्यवस्थापन समितिका अध्यक्ष साहले समितिको बिना जानकारी प्रमुखको रुपमा हाजिर गराउने कर्मचारीहरुलाई समेत समितिको बैठक बसेर यस विषयमा सोधपुछ गर्ने बताए । ‘म यहाँका जनतालाई राम्रो सेवा दिन आएको हो,कुनै व्यक्तिको एकल निर्णय कार्यान्वयन गर्न होइन् । काम गर्न सकिदैन भने म अस्पतालको व्यवस्थापन समितिबाट राजीनामा दिन्छु ।’  

डाक्टर गुप्ता एमडी अध्ययनका लागि भन्दै बिना कुनै जानकारी तीन महिनासम्म अस्पताल आएका थिएनन् । नेपाली काग्रेसका नेता दिपक कुमार गुप्ताले केही समयअघि अस्पतालमा सेवा लिन जाँदा सेवा राम्रो नपाएपछि मेयर मामाको छोरा अस्पताल नआएपनि तलब खाइरकोप्रति सामाजिक संजालबाट विरोध जनाएका थिए ।  अस्पतालका व्यवस्थापन समिति सदस्य ललित शर्माले डाक्टर संजय तीन महिनापछि अस्पताल आएपनि जवर्जस्ती एक महिना हाजरी बनाएको बताउँदै तीन महिनाकै हाजिरी बनाउन खोज्दा आफूले रोकेको बताए ।

नगरप्रमुख गुप्ता र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलसहित १६ जना कार्यापालिका सदस्य आन्दोलनरत छन् । बिगत्को कार्यपालिका बैठकमा उपप्रमुखसहितका बहुमत कार्यापालिका सदस्यहरुले करारका कर्मचारीहरुको म्याद थप गर्न लिखित प्रस्ताव पेश गर्दासमेत अर्को बैठकमा गर्ने भन्दै पन्छाएका थिए । मेयर गुप्ताले त्यो बारे आफुलाई कुनै जानकारी नभएकाले स्वास्थ्य शाखासँग सोध्न आगह गरे ।  

तर, यसबारे बुझ्न खोज्दा स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवले फोन उठाएनन् भने सहसंयोजक डम्बर गुप्ताले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।