१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:२१:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।

बिहीबाार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजीको चुनौती र आगामी बाटो’ अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको उल्लेख गरिन् ।

फोरजी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै मन्त्री शर्माले फोरजी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । फोरजी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भए–नभएको विषयमा अध्ययन गर्नुपर्ने उनको धारणा छ ।

‘अहिले फोरजीको अवस्था के हो ? यसबाट कति लाभ लिएका छौँ ? फोरजी सेवामा कति लागत लगायौँ र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौँ भने लाभभन्दा पनि नोक्सानी हुनेजस्तो लाग्छ । हामी फोरजीमा भौगोलिक रूपमा कठिन अवस्थामा छौँ । ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भए पनि खोँचमा रहेको बस्तीमा टावर आउँदैन । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन, फोरजीको विषय टाढाको कुरा हो । न्यूनतम फोन लाग्ने अवस्थासमेत छैन भन्ने गुनासा आएका छन्,’ उनले भनिन् ।

ad
ad