१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ८ सोमबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्धभत्ता नदिएको भन्दै चक्कु प्रहार गरी काकाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १२:२६:oo

महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाकाे हत्या गरेका छन्। 

जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजा नाता पर्ने ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोषकुमार पोखरेलले जानकारी दिए।

सोमबार बिहान मात्र घटनाबारे जानकारी पाएको प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ। हत्या आरोपी विजेन्द्र फरार छन्। उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए।