१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Thursday, 13 June, 2024
२o७९ फाल्गुण ७ आइतबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पामा माटोमा पुरिएर जाजरकोटका दुई युवा घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार ११:४९:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन्।

आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलंगे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट जिल्लामा पर्ने नलगार्ड नगरपालिका– ५ का दुई युवा घाइते भएका हुन्।  र, स्थानीयले माटोमा पुरिएका उनीहरूलाई निकालेकाे घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिए।

घाइते हुनेमा नलगार्ड नगरपालिका– ५ का १८ वर्षीय दीपेन्द्र शाही र २१ वर्षीय बद्री शाही रहेकाे आफन्त लक्ष्मण शाहीले बताए।

घाइते भएका दुईमध्ये एकजनाको घुट्टामा फलाम छड छिरेको र अर्काकाे युवककाे खुट्टा पूरै पिल्सिएको शाहीले बताए। घाइतेहरूकाे उद्धारका लागि त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्ससहित प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
 

ad
ad
ad
ad
ad
ad