मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्रोत र साधन थप गर्न संवैधानिक आयोगका अध्यक्षहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार १७:०२:००

सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन्।

बिहीबार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्रीलाई भेट गरेका हुन्। भेटमा उनीहरूले आ–आफ्नो आयोगमा भएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए।

भेटपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्रीसमक्ष राखेको बताए।

‘समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरू गठन गरिएको छ, त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्यून भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरू प्रधानमन्त्रीसमक्ष राख्यौँ,’ उनले भने।

प्रधानमन्त्रीले संवैधानिक आयोगहरूलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकाे अन्सारीको भनाइ छ।