मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २ मंगलबार १५:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्वार्कोमा ‘फ्लाई ओभर’को काम, सडकमा जामैजाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार १५:५o:oo

ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।

ग्वार्को चोकमा गत शनिबारबाट फ्लाई ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।

फ्लाई ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडकजाम कम हुन सकेको छैन।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाई ओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्न लागिएको हो। 

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाई ओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाई ओभर निर्माण गरिनेछ। 

जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाई ओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाई ओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। 

कुल चार सय ५५ मिटरको लम्बाइ हुने फ्लाई ओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाई ओभरमा सवारीसाधन चढ्नका लागि एक सय ८० मिटर दायाँतर्फ र एक सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ। सुरुमा ब्यारेकेडहरू राखेर काम सुरु गरिनेछ। काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।