मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Tuesday, 18 August, 2026
२o७९ फाल्गुण २ मंगलबार १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितुवाको छालासहित धादिङबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार १३:५९:oo

धादिङको थाक्रे गाउँपालिका– २ बाट चितुवाको छालासहित दुईजनालाई प्रहरीले  पक्राउ गरेको छ  ।

मकवानपुरको कैलाश गाउँपालिकादेखि धादिङको महादेवबेँसीतर्फ आउने आग्रा–मोरिया सडकखण्डमा चितुवाको सिंगो छालासहित कैलाश गाउँपालिका– १ चापाखर्कका ३० वर्षीय दीपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

चितुवाकाे छालाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक डबलबहादुर बमको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो चितुवाको सिंगो छालासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले बताए । पक्राउ परेका उनीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

संरक्षित चितुवाको छालासहित पक्राउ परेका दुवैजनालाई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाइएको एसपी मिश्रले बताए ।