
बाजुरा जिल्लाको गौमूल गाउँपालिकाका भूकम्पपीडित परिवारहरूलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको समन्वय तथा आत्मनिर्भर केन्द्र काठमाडौंको आर्थिक सहयोगमा राहत वितरण गरिएको गाउँपालिका प्रवक्ता देव रोकायाले बताए ।
गाउँपालिकाको वडा नम्बर १ को खौला बस्तीका ११ दलित परिवार र वडा नम्बर २ आँगरका १२ घरपरिवारहरूलाई तत्काल टिनका टहराहरू निर्माण गर्नका लागि जस्तापातासहित अन्य खाद्यान्न सामग्री सहयोग गरिएको आत्मनिर्भर केन्द्रका संस्थापक जगत बस्नेतले बताए । उनका अनुसार करिब ७४ हजार रुपैयाँबराबरको सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो ।
तत्काल टिनका टहराहरू निर्माण गरिसकेपछि १५ हजारका दरले प्रत्येक परिवारलाई थप नगद रकम दिइने बताइएको छ ।