मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २८ शनिबार १३:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकाशमानको दाबी– राष्ट्रपति निर्वाचनपछि पुरानै गठबन्धनको सरकार बन्छ

Read Time : < 1 मिनेट
२०७९ माघ २८ शनिबार १३:०१:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि यो सरकार कायम नरहने बताएका छन् । शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार ढलेजस्तै अरु ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउनसक्ने सम्भावना बढ्दै गएको उनको भनाइ छ । राष्ट्रपतिको निर्वाचनमा माओवादीको साथ पाउने आशाले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइएको आशय उनले व्यक्त गरे ।

नेता सिंहले भने, ‘दलहरुले धरातलीय यथार्थलाई चाँडो बिर्सिए । संविधानको अक्षरसः पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्छ ।’ जनताको अभिमतबाट बनाइएको संविधान बचाउन र अक्षरसः कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै उनले लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागिरहने बताए ।

अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र कांग्रेसले उठाउँदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहको आरोप छ ।