१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्द्र भण्डारी भन्छन्- नेपालको कानुनले नेताहरुसमक्ष आत्मसमर्पण गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:o९:oo

नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताएका छन् । शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले कानून लागेको भए आफूलाई भगवान ठान्ने नेताहरु जेलमा हुने टिप्पणी गरे ।

‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ, यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो । यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पा¥यौं,’ उनले भने, ‘तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे । नेपालमा कानूनले काम नै गरेन । आत्मसमर्पण गर्यो ।’

आफूहरुले लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै सांसद भण्डारीले वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको भनाइ राखे ।

पार्टीमा युवा नेताहरु नबोलेकोप्रति असन्तोष व्यक्त गर्दै उनले युवाहरुले आफ्नो पार्टीमा भएको चुनौतिको समाधान गरी देश बनाउने सपना बनाउनुपर्नेमा जोड दिए ।

ad
ad