१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २५ बुधबार १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली प्रवृत्तिका कारण संसद्ले आफ्नो कार्यकाल पूरा गर्नेमा शंका छ : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार १४:३८:oo

कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली प्रवृत्तिका कारणले अहिलेकाे संसद्ले पनि आफ्नो कार्यकाल पूरा गर्नेमा शंका उब्जिएको बताएका छन्। 

काठमाडौं कमलादीस्थित प्रज्ञाभवनमा आयोजित नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार गोष्ठीमा नेता पौडेलले यस्तो बताएका हुन्। 

उनले अहिले अनुमान गरेभन्दा फरक परिस्थितिले राजनीति अघि बढेको बताए। मंसिरमा सम्पन्न चुनावमा व्यक्ति र पार्टी परिवर्तन गर्न खोजेको देखिएकोले पार्टीभित्र रहेका कमी–कमजोरीविरुद्ध संघर्ष गर्दै जनचाहनाअनुसार रूपान्तरित हुन जरुरी रहेको औँल्याए। 

उनले भने, ‘म पहिलोपटक संसद् छिरेको मान्छे। संसद् हो कि चुनावी सभा हो छुट्याउनै सकिनँ। संसदमा पनि चुनावी सभाजस्तो एक–अर्काबीच आरोप–प्रत्यारोप। एमाले अध्यक्ष केपी ओलीको पालामा जति भ्रष्टाचार कहिल्यै भएन। विदेशमा रहेका नागरिक उद्धार, वाइडबडी भ्रष्टाचार आदि। त्यतिवेला ओलीको अहंकारले सरकार ढलेको हो।’

उनले कांग्रेस नेतृत्व पनि पुरानो कुरा कोट्याउने हो कि भनेर डराइरहेकाले केन्द्रीय समिति बैठक बस्न नसकेको बताए। उनले भने, ‘म भन्छु पुरानो कुरा नकोट्याउने गरी बैठक बोलाऊँ ।’ उनले सबैको अभिभावक बन्नका लागि राष्ट्रपतिमा  कांग्रेसले उम्मेदवारी दिने बताए।