१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Friday, 09 May, 2025
२o७९ माघ २३ सोमबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमा डेढ महिनामै सत्ताबाट हट्नुपरेको छटपटी देखियो : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १७:१५:oo

नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन्।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० को सहमति कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने बताए। राष्ट्रपति निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योलतालाई हटाउन पनि सत्तारुढ गठबन्धन टिकाउनुपर्ने उनको तर्क छ।

कांग्रेसले प्रतिपक्ष हुन निवेदन दिने र सँगै सत्ताको महत्वपूर्ण अंगहरूमा हिस्सा खोज्ने दोहोरो चरित्र देखाउन नहुने ज्ञवालीले स्पष्ट पारे। उनले भने, ‘सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ, नियन्त्रण र सन्तुलन खल्बलिन्छ। तर, सत्ताबाट हट्नुपरेको डेढ महिनामै त्यो ढंगको छटपटी जुन देखिएको छ। त्यो कतै पनि राम्रो कुरा हो भन्ने मलाई लाग्दैन।’