१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२o:oo

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार परिषद्ले सातै प्रदेशका सातवटा विभिन्न पालिकाका युवाहरूलाई उद्यमशीलता विकासका लागि उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी सातदिने तालिम कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यसरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने र उनीहरूलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ । 

हस्ताक्षरपछि परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले सम्झौताले युवाहरूमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात् बैंक, युवा परिषद् र पालिकाको त्रिपक्षीय सहकार्यबाट तालिम कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सिर्जनामा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहबारे प्रकाश पार्दै परिषद् र बैंकबीच लामो समयदेखि उद्यमशीलता विकासका लागि सहकार्य हुँदै आएको बताए ।  बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुई सय ६५ शाखा, ४६ एक्सटेन्सन काउन्टर, दुई सय ६८ एटिएम र एक सय दुई शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad