Skip This
ट्रक दुर्घटनामा दुईको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ माघ २० शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रक दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार १o:१६:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकको पहिचान हुन सकेको छैन भने अर्का सुनसरीका मदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बाटैमा एक्कासि स्टाट बन्द भएर रोकिएको ना.६ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट आउँदै गरेको ना.५ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक चौधरी र पहिचान खुल्न नसकेका सहचालकको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।

दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्ग झन्डै दुई घन्टा अवरुद्ध भएको थियो । मृत्यु भएका दुवैको शव पोस्टमार्टमका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।