१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १३:४८:००

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकका समस्याको चाङ बढ्दै गइरहेकाले त्यसको समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्नेमा जोड दिए  ।

‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रिया छन्, परम्परा छन्, पद्धति छन् । यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ । विगतलाई फर्किएर हेर्दा हाम्रा आचार, व्यवहार कतिपय मानेमा जनउत्तरदायी हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तुपरिस्थितिबारे उल्लेखनीय उपलब्धि पनि छन्,’  सभामुख घिमिरेले भने । 

संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने उनले प्रस्ट पारे ।