१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ माघ १९ बिहीबार १o:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १o:५८:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन काठमाडौंको वसुन्धरामा रहेको चिरायु नेसनल अस्पताल एन्ड मेडिकल संस्थानसँग सम्झौता गरेको छ ।

बैंकले आफ्ना  ग्राहकलाई चिरायु अस्पतालबाट सेवा लिँदा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । 

बैंकको यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।