मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Friday, 14 August, 2026
तिवारी यादव वीरगञ्ज
२o७९ माघ १८ बुधबार १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जकाे कृषि सामग्री लिमिटेडमा कृषिमन्त्रीको छड्के

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १५:२४:oo

कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्। 

बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी हुन्। 

अनुगमनको क्रममा मन्त्री साहले बैशाख ,जेठ सम्म मलको अभाव नहुने, असारमा हुने खेतीको लागि अभाव हुने देखिएको भन्दै अहिले देखि खरिद प्रक्रिया अगाडि बढने बताइन्। 

मल अहिले मौज्दात रहेको र असारमा हुने खेतीका लागि स्रोत ब्यवस्थापन गरेर केहि दिनमा यो प्रक्रिया अगाडि बढने मन्त्री साहले आश्वासन दिइन्। 

उनले कर्मचारीको अभाव देशभरि नै रहेकाले उपलब्ध कर्मचारीकै सक्रियताले काम गर्न निर्देशन दिइन्। कृषि समाग्री कम्पनी लिमिटेड वीरगन्जका क्षेत्रीय प्रमुख चन्द्र चौलागाईंले मलको आवश्यकता रहेकाले यसमा गम्भीर हुन आग्रह गरे।