मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १८ बुधबार १३:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘प्रतिनिधिसभाकाे उम्मेदवार बन्न पाउने उमेर १८ वर्षमा झार्नुपर्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १३:४३:oo

पूर्वकानुनमन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राखेका छन् । 

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर–सीमा घटाउनुपर्ने बताएका हुन्। 

उनले प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताए। 

नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत् रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए। 

मतदान गर्न पाउने, तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने उनको तर्क थियो। 

पूर्वमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए। विद्युतीय निर्वाचनलाई सुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताए। 

अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रूपमा प्रयोग गरिरहेको उनको भनाइ थियो।