१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा नक्कली रक्सीको कारखाना : आन्तरिक राजस्वको स्टिकर टाँसेर बिक्री

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१५:oo

ललितपुरको महालक्ष्मी नपा–५, टीकाथलीबाट बरामद विभिन्न ब्रान्डका नक्कली रक्सीमा आन्तरिक राजस्व विभागको सक्कली स्टिकर फेला परेको छ । प्रहरीले शुक्रबार काठमाडौंको मित्रनगरस्थित ‘एसटी लिकर स्टोर’, ललितपुरको कुपन्डोलस्थित ‘द टेस्ट लिक्वायर स्टेर’ र महालक्ष्मीथानको टीकाथलीस्थित कारखानाबाट एक हजार सात सय बोतल नक्कली रक्सी बरामद गरेको थियो । बरामद सबै रक्सीको बिर्कोमा आन्तरिक राजस्व विभाग उल्लिखित ‘स्टिकर’ र ‘होलोग्राम’ टाँसिएको थियो । त्यसबाहेक प्रहरीले विभिन्न ब्रान्डका अन्तर्राष्ट्रिय रक्सीको बिर्कोसमेत बरामद गरेको छ । उक्त बिर्कोमा पनि विभाग उल्लिखित ‘स्टिकर’ र ‘होलोग्राम’ टाँसिएका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले बिर्कोमा टाँसिएका ‘होलोग्राम’सहितका ‘स्टिकर’ भने सक्कली रहेको बताए । उनले भने, ‘ठूलो परिमाणमा नक्कली रक्सी बरामद भएको छ । सबै रक्सीमा आन्तरिक राजस्व विभागको ‘लेभल’ लगाइएको छ । ‘लेभल’ सक्कली हो, तर रक्सी भने नक्कली रहेको पुष्टि भएको छ  । उनीहरूले विभागको ‘होलोग्राम’ उल्लिखित ‘स्टिकर’ कसरी प्राप्त गरे, अनुसन्धान जारी छ ।’ त्यसबोहक पनि प्रहरीले आन्तरिक राजस्व विभाग उल्लिखित स्टिरकर र होलोग्राम बरामद गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौर भन्छन्– ठूलो परिमाणमा नक्कली रक्सी बरामद भएको छ । सबै रक्सीमा आन्तरिक राजस्व विभागको ‘लेभल’ लगाइएको छ । ‘लेभल’ सक्कली हो, तर रक्सी भने नक्कली रहेको पुष्टि भएको छ । उनीहरूले विभागको ‘होलोग्राम’ उल्लिखित ‘स्टिकर’ कसरी प्राप्त गरे, अनुसन्धान जारी छ ।

ज्याक डेनिस, डबल ब्ल्याक, सिग्नेचर रेड, ८८४८ 
भोड्का, सिग्नेचर ग्रिन, ब्ल्याक लेबल, खुकुरी रम, गोल्डेन वेक, रुस्लान भोड्कालगायत स्वदेशी र विदेशी गरी १६ भन्दा धेरै ब्रान्डका नक्कली रक्सी बरामद भएको छ । बरामद रक्सीमा ‘क्यारमेल’ नामको ‘केमिकल’ र विभिन्न रङ मिसाएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोक केसीले जानकारी दिए । उनले भने, ‘नक्कली रक्सी बजारमा हुन सक्ने सूचनापछि प्रहरीले केही नमुना प्रयोशालामा पठायो । नभन्दै रक्सी नक्कली रहेको खुल्यो । यो रक्सीमा ‘क्यारमेल’ नामको ‘केमिकल’ गलत ढंगले मिसाइएको देखिन्छ । रक्सीजस्तै देखिने यसमा रङको पनि प्रयोग भएको छ । जुन स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ । यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

कारखानाबाटै नक्कली रक्सी उत्पादन
प्रहरीका अनुसार कारखानामै केमिकल मिसाएर नक्कली रक्सी उत्पादन गरिन्छ । बोतलमा भरिन्छ । विभागको ‘होलोग्राम’ उल्लिखित बिर्को लगाएर बन्द गरिन्छ र तातो हावा फाल्ने हिटर प्रयोग गरी बिर्कोमा ‘फिनिसिङ’ दिइन्छ । हेर्दा सक्कलीझैँ लाग्ने नक्कली रक्सीको थप अनुसन्धान आन्तरिक राजस्व कार्यालयबाट हुने कार्यालय प्रमुख एसएसपी डा. केसीले जानकारी दिए । उनले भने, ‘आन्तरिक राजस्व विभागको स्टिकर नक्कली रक्सीको बोतलमा प्रयोग भएको छ । नक्कली रक्सीमा विभागको स्टिकर कसरी आयो ? यस सम्बन्धमा हामी अनुसन्धानमा छौँ । यस विषयमा थप अनुसन्धान आन्तरिक राजस्व कार्यालयले पनि गर्ला । किनकि, यो कालाबजारी हो । यसमा बदमासी भएको छ ।’

घटनामा संलग्न अभियोगमा प्रहरीले दोलखा कालिन्चोक गापा–३ का २७ वर्षीय नीरज उप्रेती, स्याङ्जा गल्याङ नपा–९ की धर्मी गौडेल र सिन्धुली तिनपाटन गापा–२ का गणेशबहादुर रानामगरलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये उप्रेती ललितपुरको कुपन्डोलस्थित ‘द टेस्ट लिकर स्टोर’का सञ्चालक हुन् । गौडेलले काठमाडौंको मित्रनगरस्थित ‘एसटी लिकर स्टोर’ सञ्चालन गर्छिन् । 

नक्कली रक्सी उत्पादन गर्ने धन्दामा विनोद कार्की, भगवान बस्नेत, गोपाल पुनमगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ संलग्न रहेको प्रहरीको भनाइ छ । जसमध्ये वली, बस्नेत, खत्री र श्रेष्ठ गत १० भदौमै पक्राउ परिसकेका थिए । नक्कली रक्सी उत्पादन गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वर, भक्तपुरबाट पक्राउ गरेको थियो ।उत्पादित रक्सी डिस्को, पब, पार्टी प्यालेस, दोहोरी साँझलगायत स्थानमा बेच्दै आएका थिए । ‘स्टक क्लियरेन्स’भन्दै उनीहरूले बजार भाउभन्दा हजारदेखि दुई हजार रुपैयाँ सस्तोमा उत्पादित नक्कली रक्सी बेच्दै आएका थिए ।

ad
ad