मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Friday, 14 August, 2026
समाचार डिजिटल संस्करण

सिके राउतको प्रश्न- काठमाडौंमा आत्मदाह गरेका ‘प्रेम’माथि राष्ट्रिय बहस चल्दा मधेसका मरिकप्रति यति ‘घृणा’ किन? 

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १९:१३:oo

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत ऋण तिर्न नसकेर आत्महत्या गरेका रामदेव मरिकको घरमा पुगेका छन्। 

सहकारीको ऋणको किस्ता तिर्न नसकेर झुन्डिएर आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मरिकको घरमा पुगेर राउतले डेढ लाख ऋण तिर्न नसकेर नागरिकले ज्यान गुमाउँदासम्म पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। 

उनले काठमाडौंमा आत्मदाह गर्ने प्रेम आचार्यका विषयमा राष्ट्रिय बहस चलिरहँदा मधेसका विपन्न दलित जनताले ज्यान गुमाउँदा सरकार कानमा तेल हालेर बसेको आरोप लगाए। उनले मरिकको परिवारप्रति बेवास्ता गरिरहने हो भने कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए। 

मरिकको ऋण छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिले तिरिदिने घोषणा गरेका छन्। गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसहित पालिकाभरिका जनप्रतिनिधिले शनिबार मरिकको घर पुगेर सो घोषणा गरेका हुन्।

‘सहकारीको किस्ता तिर्न नसक्दा रामदेव मरिकले गरे आत्महत्या’ शीर्षकको समाचार बुधबार नयाँ पत्रिकामा प्रकाशन भएपछि रामदेव मरिककी श्रीमतीको खातामा आमजनताले पनि आर्थिक सहयोग पठाउँदै आएका छन्।