Skip This
पाँच वर्षमा पनि पूरा भएन डेढ किलाेमिटर सडक निर्माण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १५ आइतबार १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच वर्षमा पनि पूरा भएन डेढ किलाेमिटर सडक निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १४:५७:oo

बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार आठ सय मिटर नेपालगन्ज–गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुन सकेको छैन। 

०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रु. २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो।

ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरूले दुःख पाएको स्थानीयको भनाइ छ। सम्झौताअनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो। 

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ। विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ। सडक निर्माणको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन्। 

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर जनकबहादुर धामीले निर्माण  ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे। उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरूप कालोसूचीमा राखिने बताए।  

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए। सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिए।