मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १३ शुक्रबार १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहबाट बाहिरिँदै रविले भने- यतिखेर म परिचय नभएको ‘अनागरिक’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १९:४७:oo

सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद गुमाएका रवि लामिछानेले यतिबेर आफू अनागरिक भएको बताएका छन्।

गृह मन्त्रालयबाट बाहिरिँदै उनले सञ्चारकर्मीसँग अहिले आफू अनागरिक भएकाे बताए। अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘थाहा छैन। एउटा अनागरिकले के गर्छ ? कुनै प्रश्नकाे जवाफ छैन। यतिखेर म परिचय नभएको अनागरिक भएको छु। अदालतको फैसलालाई स्वागत गर्छु। सम्मान गर्छु।’

शुक्रबार सर्वोच्च अदालतले गरेकाे फैसलापछि पदमुक्त भएका उनी ११ पुसमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए।