
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ (निफ)को छैटौँ संस्करणमा ३५ देशका ९५ वटा चलचित्र प्रदर्शन हुने भएका छन् । २ देखि ६ चैतसम्म चल्ने यस महोत्सवमा फिचर, लघु चलचित्र, डकुमेन्ट्री, एनिमेसनलगायत विभिन्न सात विधाका १४ चलचित्रलाई पुरस्कृत गरिने महोत्सवका अध्यक्ष केपी पाठकले बताए । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका लागि क्युएफएक्ससँग सम्झौता गरिएको अध्यक्ष पाठकले बताए ।
काठमाडौंको छाया सेन्टर र सिभिल मल, ललितपुरको लबिम मल र भक्तपुरको क्युएफएक्स चेन हलमा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा चलचित्रकर्मी तथा कलाकारहरूको सहभागितामा विविध कार्यशाला, अन्तक्र्रिया र छलफल कार्यक्रम सञ्चालन हुने पाठकले बताए ।