मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ ११ बुधबार १६:३५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीमा मन्त्रीहरूको नाम टुंगो लाग्यो, आजै शपथकाे तयारी

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार १६:३५:००

कर्णाली प्रदेशमा मन्त्री नियुक्तिबारे टुंगाे लागेको छ । सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार मन्त्री हुने व्यक्तिहरूको नाम टुंगो लागेको हो ।

एमालेबाट विनोदकुमार शाहलाई आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाईलाई सामाजिक विकासमन्त्री र जीतबहादुर मल्ललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्रबाट मंगलबहादुर शाहीलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री, कृष्ण जिसीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री बनाउने तयारी भएको एक सांसदले जानकारी दिए ।

त्यस्तै, उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

मन्त्री बन्नेहरूको नाम टुंगो लागेसँगै नियुक्तिका लागि मुख्यमन्त्री राजकुमार शर्माद्वारा प्रदेश प्रमुखलाई सिफारिस गर्ने र आजै साँझ ६ बजे मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेको बताइएको छ।