मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ११ बुधबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातले मुगुमा हवाई तथा सञ्चार सेवा प्रभावित

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार १२:२६:००

लगातारको हिमपातले कर्णालीका जिल्लाहरूमा जनजीवन कष्टकर बनेको छ । दुई दिनदेखि हवाई र सडक यातायातसहित सञ्चार सेवा प्रभावित भएको छ ।

मंगलबार रातिदेखि मुगुमा लगातार हिमपात भइरहेको छ । पर्यटकीयस्थल रारामा करिब दुई फिटसम्म हिउँ जमेको स्थानीयको भनाइ छ । हिमपातका कारण नेपालगन्ज र सुर्खेतबाट मुगु आउने हवाई तथा सडक यातायात अवरुद्ध भएका छन् । हिउँ खेल्न रारा आउने आन्तरिक तथा बाह्य पर्यटक पनि समस्यामा परेका छन् ।

अघिल्ला हिउँदहरूमा पुष पहिलो साताबाट हिमपात हुने भए पनि यो वर्ष एक महिनापछि मात्रै हिमपात सुरु भएको छ । हिमपात भएपछि कृषकहरू खुसी त छन्, तर दैनिक जीवन भने प्रभावित भएको छ ।