मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ११ बुधबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीका तीन पालिकामा देखियो दादुरा

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार ११:१३:००

कैलालीका तीनवटा पालिकाका चारजनामा दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिकाका दुई तथा गौरीगंगा र गोदावरी नगरपालिकाका एक–एक गरी चारजनामा दादुरा देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

धनगढीका दुई बालकमा दादुराको लक्षण देखिएपछि नमुना संकलन गरेर परीक्षणका लागि ल्याबमा पठाइएको उनले बताए । स्वास्थ्य कार्यालयका दादुराविरुद्धको खोप लगाएका दुईजनामा समेत दादुरा देखिएको हो । लुम्बिनी प्रदेशको बाँकेमा हालै दादुरा फैलिएको थियो । त्यहाँ करिब साढे दुई सय बालबालिकामा दादुरा पुष्टि भएको उल्लेख छ । संक्रमण फैलिन नदिन खोज र परीक्षण थालिएको कार्यालयका निमित्त प्रमुख धामीले बताए । धनगढी– १ को पशुपतिटोलमा दादुरा देखिएका र दादुराको लक्षण देखिएका चारमध्ये दुई बालक भारतबाट आएका हुन् ।

‘खोप नलगाएकामा दादुरा देखियो’ 
दादुराविरुद्धको खोप नलगाएका कारण बाँकेका बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । दुई सय ५१ दादुरा संक्रमित बालबालिकाको विश्लेषण गर्दा 
खोप नलगाएका एक सय १८ बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् । 

खोप लगाएको–नलगाएको थाहा नभएको २५ जना अभिभावकले बताएको र एक सय आठजना खोप लगाएका बालबालिका भएको बताइन् । ‘खोपप्रति विश्वास नभएको र सामाजिक एवं धार्मिक अन्धविश्वासका कारण खोप नलगाएको देखिन्छ,’ उनले भनिन्, ‘खोप नलगाएकै कारण दादुरा संक्रमण भएको यकिन गर्न सकिन्छ ।’