मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ११ बुधबार ११:०३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, एमाले र माओवादीको नाम टुंगियो, राप्रपाको बाँकी 

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार ११:०३:००

बागमती प्रदेशमा मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । मंगलबार मात्रै ११ मन्त्रालय बनाउने निर्णय गरेको प्रदेशमा एमालेले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ । 

आज हुने शपथमा एमालेबाट बागमती प्रदेशको चारजना मन्त्रीको नाम टुंगिएको छ। एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ र काठमाडौंका केशव पोखरेल मन्त्री बन्ने भएका छन्। उनीहरूको मन्त्रालयको टुंगो लाग्न बाँकी छ। एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै मन्त्री भइसकेका छन् ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ, सिन्धुपाल्चोकका युवराज दुलाल र मकवानपुरबाट कुमारी मोक्तान मन्त्री बन्ने भएका छन्। सरकारमा सहभागी अर्को दल राप्रपाबाट भने मन्त्रिपरिषदमा सहभागी हुनेहरूको टुंगो हुन बाँकी रहेको छ ।