कान्ति बाल अस्पतालमा हिमालयन बैंकका थप दुई काउन्टर

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी र बिरामीका परिवारजनलाई लक्षित गरी गत बुधबारदेखि ती काउन्टर सञ्चालनमा ल्याएको हो । सार्वजनिक बिदाबाहेकका दिनमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म काउन्टर खुल्ने बैंकले जनाएको छ । 

सुझावित समाचार