Skip This
नागरिक उन्मुक्तिले सभामुखमा सत्तागठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ५ बिहीबार १४:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिले सभामुखमा सत्तागठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १४:o२:oo

नागरिक उन्मुक्ति पार्टीले सत्तारूढ गठबन्धनबाट सभामुखका लागि उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसद गंगाराम चौधरीले एमालेका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्ने बताएका हुन् । आफ्नो पार्टी टीकापुर घटनाका बन्दीहरूको रिहाइ नभएसम्म प्रतिपक्षमा रहने उल्लेख गर्दै उनले सभामुखमा भने गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने बताए । 

‘हाम्रो पार्टीको मुद्दा सम्बोधन नभएसम्म प्रतिपक्षमा रहेको हुँदा हाम्रो समर्थन गठबन्धनका सभामुख पदका उम्मेदवार माननीय देवराज घिमिरेज्यूलाई प्रस्तावसहित समर्थन रहने जानकारी गराउँछौँ,’ सांसद चौधरीले भने ।