१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिपी राजमार्गमा फोहोर फाल्नेलाई नगरपालिकाले कारबाही गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o६:oo

बिपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही गरिने भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रभित्र पर्ने बिपी राजमार्गमा कुनै पनि यातायातका सवारीसाधनले फोहाेर फालेमा नगरपालिकाले कारबाही गर्ने भएकाेे हाे । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामग्री फालेमा कारबाही गर्ने निर्णयसहित सचेत गराइएको हो । 

नगरपालिकाले बिपी राजमार्ग सरसफाइ सञ्चालन गरिरहेको छ । सो राजमार्ग भएर जाने सार्वजनिक र निजी यातायातका साधन र यात्रुले जथाभावी फोहोरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकालको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरूप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए ।

तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा भएको समझदारीअनुसार सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रु तथा यातायात मजदुरहरूसमेतले यात्राकाे समयमा प्रयोग गर्ने पानीका बोतलहरू, खानेकुराका अवशेषहरू, प्लास्टिकका झोलाहरू आदि फोहोरमैलाजन्य वस्तुहरू झ्यालबाट फ्याँक्ने, बसपार्कमा जथाभावी फाल्ने गर्नाले फोहोर भएको भन्दै उक्त कार्य राेक्न लागिएकाे हाे ।  उक्त क्रियाकलाप गरेमा, अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम यातायात सवारीचालक वा यात्रुलाई कारबाही हुने  समझदारीमा उल्लेख छ । 

नगरपालिकाले बुधबार कार्यक्रम नै गरेर सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसिएकाे थियाे । नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, प्रवक्तासमेत रहेका वडा नम्बर ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नम्बर ७ का अध्यक्ष धर्मसिं लामा, वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्लेलगायत कर्मचारीहर, प्रहरी चौकी भकुन्डेबेँसीका इन्चार्ज प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउतलगायतले चेतनामूलक स्टिकर टाँस गर्दै पालना नगरे कारबाही गर्ने बताएका छन् ।

राजमार्गमा चल्ने सबै सवारीसाधन र यात्रुलाई सचेत गराएर कार्यान्वयन नभए कारबाही गर्ने तयारी नगरपालिकाको छ । नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । 
 

ad
ad