मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शृंखलाबद्ध डकैत घटनाका फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १९:२o:oo

काठमाडौंका शृंखलाबद्ध डकैत गर्ने धन्दामा संलग्न काभ्रे तिमाल गापा–५ का ३२ वर्षीय रोमन भनिने मनराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई काभ्रेको तेमालस्थित उनकै घरबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनले गत ६ असारमा शंखरापुर नपा–९ खुलालटारस्थित लालबहादुर थापाको घरमा पसेर दुई लाख ४१ हजार रुपैयाँ मूल्यबराबरको धनमाल डकैत गरेका थिए।

 १२ असारमा उनैले सोही ठाउँस्थित सुशीला थापाको घरबाट ६ लाख पाँच हजार सात सय ५० रुपैयाँ मूल्यबराबरको धनमाल डकैत गरेका थिए। 

गत २० असारमा काभ्रे बनेपा नपा–११ स्थित सलामसिंह लामाको घरमा १२ लाख ४९ हजार रुपैयाँ मूल्यबराबरको धनमाल डकैत भयो। 

उक्त घटनामा पनि उनी नै संलग्न थिए। कीर्तिपुर नपा–६ स्थित नारायण बस्नेतको घरमा गत २४ साउनमा ५६ लाख ६५ हजार एक सय २४ रुपैयाँ मूल्यबराबरको धनमाल डकैत भयो। प्रहरीका अनुसार उक्त डकैतका मुख्य योजनाकार उनी नै थिए। 

पक्राउ परेका तामाङ खुन डाँका मुद्यामा १० वर्ष कैद सजाय भुक्तान गरी छुटेका प्रतिवादी हुन्। उनीसहितको टोलीले २२ कात्तिक ०६८ मा ललितपुरको झरुवारासी क्षेत्रमा ४२ वर्षीय श्रवण खड्कालाई गोली हानी हत्या गरेका थिए। डकैत गर्न जाने क्रममा अवरोध भएपछि उनीहरूले खड्कालाई गोली प्रहार गरेको प्रहरीको भनाइ छ। 

घटनामा दिलबहादुर स्याङ्तान, आकाश तामाङ, खड्गबहादुर तामाङ र ज्ञानु दोङ संलग्न थिए। सोही मुद्यामा उनलाई जिल्ला अदालत ललितपुरले १२ चैत ०६९ मा  १० वर्ष कैद सजाय ठहर गरेको थियो। 

पुनरावेदन गर्न पुगेका उनीविरुद्ध उच्च अदालत पाटन र सर्वोच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेको थियो। घटना सम्बन्धमा थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जानकारी दिएको छ।