Skip This
नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो : गगन थापा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३० शनिबार १६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १६:५३:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरूको अखडाजस्तो भएको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औँल्याउँदै थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकिर गरे।

शनिबार पत्रकार रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्रीहरूबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २-४ दिन भए पनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको वेला भनेको समेत उनले स्मरण गराए। 

‘नेपालको राजनीतिक कस्तो भयो भने तीनजना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडाजस्तो भयो। कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनुभयो? आइतबार फलानोले झुकाउनुभएको थियो, सोमबार अर्कोले ठहरै पार्नुभयो,’ उनले भने, ‘अस्ति सरकारलाई भोट किन हालेको होला? तीनजना भूतपूर्व प्रधानमन्त्रीहरू त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीनवटा प्रधानमन्त्रीको क्लबजस्तो।’

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरूले मिलेर बहसलाई अघि बढाउनुपर्नेमा जोड दिए।